Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – भारतसँगको चौथो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया २१ रनले विजयी भएको छ । ३ सय ३५ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १३ रन मात्र बनाएपछि भारतको जितको श्रृङ्खला टुटेको हो ।

भारतका लागि केदार जादवले ६७, रोहित शर्माले ६५ तथा अजिन्क्या रहाणेले ५३ रन बनाएपनि हारबाट जोगाउन सकेनन् ।अष्ट्रेलियाका केन रिचार्डसनले ३ तथा नाथन कौल्टरले २ विकेट लिए ।

भारतको बेग्ंलोरमा टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो । उसका डेभिड वार्नरले १ सय २४, आरोन फिन्चले ९४, पिटर ह्यान्डसकबले ४३ र टे«भिस हेडले २९ रन बनाए ।

भारतका उमेश यादवले ४ विकेट लिए । पाँच खेलको एकदिवसीय श्रृङ्खला भारतले जितिसकेको छ ।

तपाईको प्रतिक्रिया