Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – च्याम्पियन्स लिग फुटवलमा चेल्सी, म्यान्चेष्टर युनाइटेड र बार्सिलोना विजयी भएका छन् । गएरातिको खेलमा चेल्सीले एथ्लेटिको मड्रिडलाई २–१ ले हरायो ।

४० औ मिनेटमा १ शुन्यले पछि परेको अवस्था उल्टाउँदै चेल्सीले नतिजा २–१ ले आफ्नो पक्षमा पार्यो । चेल्सीको जितमा अल्बर्टो मोराटा र बात्सुयायीले गोल गरे ।

एथ्लेटिकोका एन्टेनियो ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गरेका थिए । बात्सयायीले खेलको इन्जुरी समयमा गोल गर्दै चेल्सीलाई जिताएका हुन् ।

अर्को खेलमा म्यान्चेष्टर युनाइटेडले सि एस के ए मस्कोलाई ४–१ ले हरायो । म्यान यू को जीतमा रामेलु लुकालुले २ गोल गरे भने मार्सेल र मुखितार्यनले एक एक गोल थपे । म्यान यू का लागि चौथो मिनेटमै गोल गर्दै लुकालुले अग्रता दिलाएका थिए ।

१८ औ मिनेटमा मार्सेलले पेनाल्टीमार्फत गोल थपे भने लुकालुले २६ औ मिनेटमा गोल थपे । मुखितार्यनले ५४ औ मिनेटमा गोल गर्दै खेल ४ शुन्यको अवस्थामा पुर्याएका थिए ।

सि एस के ए का लागि ९० औ मिनेटमा कुचाएभले सान्त्वना गोल फर्काए । नजितासंगै म्यान यू समुह ए को अंक तालिकाको शिर्ष स्थानमै छ ।

बार्सिलोनाले स्पोर्टिङ लिब्सनलाई १–० ले हराएको छ । बार्सिलोनाका खेलाडीले गोल गर्न नसकेपनि लिब्सनका सेबाष्टियन कोष्ट्सले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भयो । लियोनल मेस्सि र लुइज स्वारेजले गोल गर्ने धेरै मौका खेर फालेका थिए ।

यस्तै, पेरिस सेन्ट जर्मेन पिएसजी ले वायर्न म्युनिखलाई ३ शुन्यले हराएको छ । पिएसजीको जीतमा डानी एल्भास, काभानी र नेइमानरले गोल गरे । एल्भासको गोलमा खेलको दोश्रो मिनेटदेखि नै नै अग्रता लिएको पिएसजीका लागि काभानीले ३१ आै र नेइमारले ६३ औं मिनेटमा गोल गरे ।

च्याम्पियन्स लिगकै अरु खेलमा एफसी बासेलले बेनफिकालाई ५–० ले एण्डरलेचले सेल्टिकलाई ३–० ले रोमाले एफके क्वाराबागलाई २–१ ले तथा युभेन्टसले ओलम्पियाकोसलाई २–० ले हराएको छ ।

तपाईको प्रतिक्रिया