Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी नेपालले जितेको छ । अन्तिम खेलमा भारतलाई २–० ले हराएर नेपालले उपाधी जितेको हो ।

भुटानको थिम्पुमा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमै नेपालका दिनेश हेन्जनले गोल गरेका हुन् । खेलको ३७ औँ मिनेटमा गोल गर्दै हेन्जनले नै अग्रता दोब्बर पारेका थिए । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक रहेको खेलमा गोल हुन सकेन र नेपालले २–० ले खेल आफ्नो पक्षमा पारेसँगै उपाधी जित्यो ।

यसअघिको विजेता नेपालले उपाधी जोगाउन जित्नै पर्ने दबाब थियो । गएको सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । शुक्रबार नेपालले माल्दिभ्सलाई २–० गोलले हराएको थियो । पहिलो खेलमा भने नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो । राष्ट्रिय टोली र कुनै पनि उमेरसमूहमा समेत नेपाल भुटानसँग पराजित भएको त्यो नै पहिलो पटक हो ।

प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए । बुधबार नै भएको खेलमा बंगलादेश विजयी भएको थियो । बंगलादेशले आयोजक भुटानलाई २–० ले हराएको हो ।

नेपाल भारतसँग पराजित भए या बराबरी भएको अवस्थामा पहिलो खेलमा भारतलाई हराएको बंगलादेश हेड टु हेडका आधारमा च्याम्पियन बन्ने थियो तर नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधी रक्षा गरेको छ । राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिता भएकाले शीर्ष स्थानमा रहेको नेपालले उपाधी जितेको हो ।

तपाईको प्रतिक्रिया