Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
विराटनगर-उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले पूर्ण संविधान आउन संविधानसभाको म्याद थप गर्नुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरागर्दै उपप्रधानमन्त्री गच्छदारले अहिले भइरहेका विभिन्न आन्दोलनलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले एक मधेश स्वायत्त प्रदेशसहितको संविधान निर्माणका लागि आफू बाधक नबन्ने उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री जेठ १४ अघि बहुमतका आधारमा संविधान वा सहमतीय आधारमा संविधानको मस्यौदा आउने खुलसा समेत गर्नुभयो ।  मस्यौदा आएपछि सहमति हुन नसकेका र  नसमेटिएका विषयहरु त्यसपछि समावेश गरेर पूर्ण संविधान जारी गर्न सकिने गच्छदारको भनाई थियो ।
प्रत्येक जातजातिको पहिचान झल्कने गरी संघीयता सहितको संविधान आउनुपर्ने भन्दै गच्छदारले जेठ १४ सम्म बन्दहड्ताल हुनु स्वभाविक भएको बताउनुभयो । उहाँले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारलाई सम्मान गर्दै जबरजस्ती गर्नेलाई रोकिने बताउनुभयो ।
तपाईको प्रतिक्रिया