Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ- नवनियूक्त काठमाडौ नगर विकास समितिका प्रमुख आयूक्त केशब स्थापितले सुकुम्बासी भनेर आउने सबैलाई काठमाडौमा घर बनाएर दिने घोषणा गरेका छन् ।
नेपाल महिला एकता समाज, नेपाल बसोबास बस्ती संरक्षण समाज र लुमन्तीले आज रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा स्थापितले दिनमा २० देखि ३० वटा तीन कोठे घर निर्माण गरेर राजधानीको चोभारमा बाग्मती किनारबाट विस्थापित सबैलाई पुर्नस्थापना गर्ने काम सुरु भएको समेत जानकारी दिए ।
उनले सुकुम्बासीलाई बसोबासको ब्यवस्था गर्नु राज्यको कर्तब्य भएको भन्दै सुकुम्बासी भनेर आउने सबैलाई घर दिन सकिने योजना आफूसँग रहेको बताए । उनले भने–सबैलाई घर दिन सकिन्छ । राज्यको केही पनि जादैन घर दिदैमा ,अब सुकुम्बासीले रोईकराई गर्ने अवस्था छैन ।
तत्कालकोलागी चोभारमा टेण्ट बनाएर बस्ने ब्यवस्था गरिने भन्दै त्यसकालागी सरकारले सुकुम्बासीलाई १५ हजार रुपैया राहतसमेत दिने स्पष्ट पारे ।
उनले चोभारमा सुकुम्बासीकालागी स्कुल, स्वीमङपुल, खाने पानी सबैको ब्यवस्था भएको आवास क्षेत्रको निर्माण गर्ने र अपाङ, अशक्तकालागी मासिक १५ हजार रुपैयाको रोजगारीको ग्यारेन्टी गर्ने समेत आफूसँग योजना गरेको दावी सो अवसरमा दावी गरे ।
तपाईको प्रतिक्रिया