Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले प्रधानमन्त्री डा. बाबुराम भट्टराई संविधानसभाको म्याद थप्ने गृहकार्यमा जुटेको खुलासा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले संविधानसभाको म्याद थपेर भए पनि संविधान जारी गर्ने स्पष्ट पार्दै कानूनी जटिलता मिलाएर भए पनि संविधानसभाको म्याद थपिने बताए ।
साक्षात्कारमा उनले संविधान जारी नभई संविधानसभा विघठन हुन नसक्ने ठोकुवा गर्दै संविधानसभाको म्याद नथपिए मुलुक भयंकर अराजकतामा फस्ने चेतावनी दिए ।
उनले भने–उपयूक्त विकल्प विना संविधानसभा विघठन हुन दिनु हुँदैन । प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि संविधान जारी नभई संविधानसभा विघठन हुन दिन नहुने पक्षमा हुनु हुन्छ ।
मुलुकमा संघीयतालाई असफल बनाएर पुरानै अवस्थामा फर्काउने षडयन्त्र भईरहेको दावी गर्दै पौडेलले अखण्ड सुदुरपश्चिमको आन्दोलन त्यस्तै षडयन्त्रकारीहरुले सन्चालन गरेको आरोप लगाए ।
पछिल्लो समयमा भईरहेको षडयन्त्र र चलखेल अन्त्यकोलागी पनि नेकपा एमाले तत्काल सरकारमा आउनु पर्ने उल्लेख गर्दै सहमतिको सरकार बनाएर चलखेल नियन्त्रण गर्न नसके मुलुक गंभिर अराजकतामा फस्ने चेतावनी दिए ।
जातीय सहित सास्कृति र भाषागत पहिचान सहितको संघको नामाकरण हुनु पर्ने भन्दै माओवादीले पहिचानलाई पुरै छाड्न नसक्ने उनको स्पष्टोक्ती थियो ।
तपाईको प्रतिक्रिया