Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
चितवन- चितवनको भरतपुरस्थित थानिचोकमा आज बिहान भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ। प्रहरीका अनुसार सडक किनारामा फालिएको सुटकेशभित्र किताबकापी भेटिएको छ। जिल्ला प्रशासन कार्यालय नजिकै थानिचोकमा रहेको सुभ कटेज अगाडि निलो रङको सुटकेस साँचो लगाइएको अवस्थामा स्थानीयवासीले फेला परेका थिए। स्थानीय तीनजनाले सो सुटकेशको ताला फोडेका थिए।
स्थानीयले सुटकेश खोलेको विषयमा प्रहरीले स्थानीय जितबहादुर तामाङ, सुजन लामा र अनमोल श्रेष्ठलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। शङ्कास्पद वस्तु भेटिँदा स्थानीयवासी त्रसित भएका थिए।
तपाईको प्रतिक्रिया