Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – सोह्र वर्षमुनिको एएफससी च्याम्पियनसिप फुटबलको छनौटमा नेपालले आइतबार प्यालेस्टाइनसँग खेल्दैछ । नेपालले प्यालेस्टाइनलाई फराकिलो गोलअन्तरले हराए र अर्को खेलमा इराकले भारतलाई हराए उत्कृष्ट उपविजेताका रुपमा च्याम्पियसिपमा छनौट हुने नेपालको सम्भावना कायमै रहन्छ ।

समूहको पुछारमा रहेको प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरिइसकेको छ । इराक अंकतालिकाको पहिलो र भारत दोश्रो स्थानमा छन् । नेपाल र प्यालेस्टाइनको खेल दिउँसो साढे ३ बजेपछि सशस्त्र प्रहरीको खेल मैदान हल्चोकमा सुरु हुनेछ । हल्चोकमै दिउँसो १२ बजे भारत र इराकको खेल हुनेछ ।

१० समूहमा भइरहेको छनौट प्रतियोगितामा सबै समूहका विजेता च्याम्पियनसिपका लागि छनौट हुनेछन् भने १० समूहका १० उपविजेतामध्ये ५ वटा देश उत्कृष्ट उपविजेताका रुपमा छानिनेछन् ।

तपाईको प्रतिक्रिया