ताइपेइ– ताइवानको उत्तरी भागमा रहेको एक नगरले सडक सफा गर्न तथा स्थानीय वासिन्दालाई कुकुरको मल सङ्कलन गरी सडक सफा गर्ने कार्यमा संलग्न गराउन सुन पाउनसक्ने चिट्ठाको व्यवस्था गर्नेभएको छ ।
राजधानीबाट बाहिर रहेको न्यु ताइपेइ नगरले जुलाइ महिनामा आफ्ना वासिन्दालाई कुकुरको मल ल्याएमा चिट्ठा उपलब्ध गराउने भएको युनाइटेड इभिनिङ न्युज समाचारपत्रले शनिबार उल्लेख गरेको छ ।
यो चिट्ठाको अधिकतम पुरस्कार राशी दुई हजार अमेरिकी डलर बराबरको सुन रहेको छ । गत वर्ष यो कार्यक्रम सञ्चालन गर्दा बीस हजारभन्दा बढी व्यक्तिले भाग लिएका थिए ।