Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – यु १९ एसिया कप छनौट प्रतियोगिताको फाइनलमा टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई ७६ रनमा समेटेको छ । हङकङले ३२ ओभर १ बलमा आफ्ना सबै विकेट गुमाएर ७६ रन बनाएको हो ।

हङकङका लागि हरप्रीत सिंहले ४५ बलमा २० रन, जाथवेदले ३२ बलमा १६ रन र वकास खानले ३८ बलमा १५ रनको योगदान दिए । हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि शाहब आलम र सन्दिप लामिछानेले तीन–तीन विकेट र अनिल कुमार साह र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिएका छन् । आजको विजेताले छनोटको उपाधिसँगै मलेसियामै हुने एसिया कपका लागि छनौट हुनेछ ।

तपाईको प्रतिक्रिया