Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा स्थान पक्का गर्न नेपालले आज हङकङसँग खेल्दैछ ।  खेल मलेसियाको किन्ररा ओभल मैदानमा केहीबेरमा सुरु हुनेछ ।

आजको विजेताले छनोटको उपाधिसँगै मलेसियामै हुने एसिया कपका लागि छनौट हुनेछ । प्रतियोगितामा नेपालको बलिङ र ब्याटिङ दुवै पक्ष सन्तुलित देखिएको छ ।

नेपाल सेमिफाइनलमा मलेसियालाई १० विकेटले र र हङ्गकङ्ग सिंगापुरलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेका हुन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता विश्व क्रिकेटका महारथी देशले पनि खेल्नेछन् ।

उत्कृष्ट प्रर्दशन गर्नेमा नेपाली खेलाडीको बर्चश्व

छनोट प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाली खेलाडीकै बर्चश्व छ । धेरै विकेट लिने बलरको शिर्ष ३ स्थानमै नेपाली बलर परेका छन् । १३ विकेट लिएका सन्दिप लामिछाने अहिलेसम्मको पहिलो स्थानमा छन् भने १२ विकेट लिएका कप्तान दिपेन्द्रसिंह ऐरी दोश्रो र ८ विकेट लिएका पवन सर्राफ तेश्रो स्थानमा छन् ।

ब्याटिङतर्फ नेपालका सन्दिप सुनारले अहिलेसम्म तेश्रो धेरै (१ सय २४) रन बनाएका छन् । दोश्रो स्थानमा मलेसियाका विरन्दिप जगजित सिंह (१३७ रन) र पहिलो स्थानमा सिंगापुरका सिद्धान्त (१७३ रन ) छन् । तर दुवै देश प्रतियोगिताबाट बाहिरिइसकेकाले आज ३० रन बनाए सन्दिप सुनार सवैभन्दा धेरै रन बनाउने ब्याट्स्म्यान बन्नेछन् ।

तपाईको प्रतिक्रिया