Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित निकाल्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले वाट्फोर्डलाई ६–० ले हरायो ।

सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै गाब्रियल जिसस, निकोलस ओटामेन्डी र रहिम स्ट्रर्लिङले एक एक गोल गरे । २७ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । ३१ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो तथा ३७ औं मिनेटमा जिससले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता लियो ।

सिटीले दोस्रो हाफमा थप तीन गोल गर्‍यो । ६३ औं मिनेटमा ओटामेन्डीले गोल गर्दै अग्रता ४–० मा पुर्‍याए । ८१ औं मिनेटमा अग्युरोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । ८९ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा स्ट्रर्लिङले गोल गरेपछि सिटी ६–० ले विजयी भयो । यो खेलमा ६ गोल गरेको सिटीले पछिल्ला तीन खेलमा समग्रमा १५ गोल गरेको छ । यो खेलमा ह्याट्रिक गरेका अग्युरो क्लबको सर्वाधिक गोलकर्ता बन्ने तरखरमा छन् ।

सन् २०११ मा सिटी आएका अग्युरोले अहिलेसम्म एक सय ७५ गोल गरेका छन् । एक सय ७७ गोल गर्ने एरिक ब्रुक सिटीका सर्वाधिक गोलकर्ता हुन् । जितपछि पाँच खेलबाट १३ अंकसहित सिटी शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड १० अंकसहित दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया