Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – आयोजक मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू-१९ एसिया कप छनोटको रुपमा रहेको एसीसी यू-१९ इस्टर्न रिजनको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

अब नेपालले उपाधिका लागि हङकङसँग खेल्ने छ । आजै भएको अर्को सेमिफाइनलमा हङकङले सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो ।मलेसियाको किनरारा ओभलमा मलेसियाले दिएको १२२ रनको लक्ष्य नेपालले २३ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा ओपनरद्वय सन्दिप सुनार र आसिफ शेखले अर्धशतकीय पारी खेले ।

सन्दिप ५१ र आसिफ ५० रनमा अविजित रहे । दुबैले १२३ रनको साझेदारी गरे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४२ ओभरमा अलआउट हुँदै १२१ रन बनाउन सक्यो । मलेसियाको लागि नलीन डी सिल्भाले ३९ तथा भिरनदिप जगजित सिंहले २५ रन बनाए । त्यस्तै महोमद शहरिलले १६ रन जोड्दा अम्मर हाजालनले १४ रन जोडे । मलेसियालाई कम स्कोरमा रोक्न नेपाली कप्तान दिपेन्द्र सिंह एरीले ५ विकेट लिए ।

उनले ८ ओभरमा १ मेडनसहित मात्र २९ रन खर्चिए । त्यस्तै पवन सराफले २ तथा सन्दिप लामिछाने, शाहब आलम र किशोर महतोले समान एक एक विकेट लिए । छनोटको फाइनलमा पुगेसँगै नेपाल एसिया कपको लागि छनोट नजिक पुगेको छ ।

उपाधि जित्ने टोली आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपको लागि छनोट हुने छन् । एसिया कपमा टेष्ट मान्यताप्राप्त भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान जस्ता बलियो टोलिको सहभागिता हुने छ ।

तपाईको प्रतिक्रिया