Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – नेपाल उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटका लागि छनौट भएको छ । नेपाल एसिया कप क्रिकेट (पूर्वी क्षेत्र) छनौट प्रतियोगिताको फाइनलमा पनि प्रवेश गरेको छ । मलेसियासँग अाज भएको सेमिफाइनलमा १० विकेटको शानदार जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

घरेलु टोली मलेसियाले प्रस्तुत गरेको एक सय २२ रनको लक्ष्य नेपालले २३ ओभर एक बलमा बिना विकेटको क्षतिमा भेट्टाएको हो । ओपनरहरु सन्दिप सुनार र आशिफ शेखले अर्धशतक बनाउँदै नेपाललाई सहज जित दिलाए । उनीहरुको उत्कृष्ट प्रदर्शनमा नेपालले २३ ओभर १ बलमा १ सय २५ रन बनाउन कुनै विकेट गुमाउनु परेन । सन्दिपले ७७ बलमा ८ चौका हाने भने आशिफले ६५ बलमा ८ चौका र एक छक्का सहित अर्ध शतक पूरा गरे ।

नेपालले उपाधिका लागि सिंगापुर र हङ्गकङ्गमध्ये एक टिमसँग खेल्नेछ । दोश्रो सेमिफाइनलमा यी दुई टीम पनि अहिले खेलिरहेका छन् । पराजित भएपनि आयोजकका रुपमा मलेशिया एसिया कप खेल्न पाउनेछ ।  यसअघि टस जितेपछि पहिले घरेलु टोलीलाई ब्याटिङका लागि बोलाएको नेपालले ४२ ओभरमा मलेसियालाई एक सय २० रनमा आउट गरेको हो । मलेसियालाई सामान्य लक्ष्यमा सीमित गर्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे ।

उनले ५ विकेट लिए । पवन सर्राफले २ तथा, रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले एक एक विकेट लिए ।  ८ ओभर बलिङ गर्दा दिपेन्द्रले २९ रन खर्चिए । १० ओभर बलिङ्ग गरको साहवले २ विकेट लिन ३८ रन खर्चिए । सन्दिपले १० ओभरमा १३ रन मात्र दिएर किफायति बलिङ गरेपनि विकेट भने एक भन्दा बढी लिन सकेनन् ।मलेसियाले १५ रन बनाएको अवस्थामा नेपालका लागि रोहितकुमार पौडेलले पहिलो विकेट लिँदै शानदार सुरुवात गराएपनि दोश्रो विकेटका लागि बलरले धेरै पसिना बगाउनुपर्‍यो ।

थप ४९ रन खर्चिएपछि बल्ल नेपालले मलेसियाको दोश्रो विकेट लिन सक्यो । बलर थिए साहव आलम । त्यसपछि बलिङ गर्न आएका कप्तान दिपेन्द्रसिंह ऐरीले लगालग ४ विकेट लिएका छन् । दिपेन्द्रले तेश्रो, चौथो, पाँचौ र छैटौं विकेट लिँदै मलेसियाको इनिङलाई तनावमा र खेलाडीलाई दबाबमा पारे ।

तपाईको प्रतिक्रिया