Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोलले हराएको छ ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले खेलको ४५ औँ र ६९ औँ मिनेटमा गोल गरे । यस्तै इभान र्‍याकिटिकले खेलको ५६ औँ मिनेटमा गोल गरे ।

गएको सिजनको फाइनलसम्म पुगेको युभेन्टसमाथि मंगलबार बार्सिलोना हाबी देखिएको थियो । खेलमा ६४ प्रतिशत बल बार्सिलोनाको पक्षमा थियो । पोस्टमा ७ वटा उत्कृष्ट प्रहार गरे पनि युभेन्टसले गोल गर्न भने सकेन ।

मंगलबारको गोलसँगै मेस्सीले च्याम्पियन्स लिगमा विभिन्न २७ टिमविरुद्ध गोल गरिसकेका छन् । च्याम्पियन्स लिगको समूह चरणमा सन् २००९ मा बायन मुनिखसँग ४–१ ले हारेपछि युभेन्टसको मंगलबार बार्सिलोनासँगको हार नै फराकिलो अन्तरको हार हो ।

तपाईको प्रतिक्रिया