Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वेष्ट ह्याम विजयी भएको छ । घरेलु मैदानम भएको खेलमा वेष्ट ह्यामले हडर्सफिल्डलाई २–० ले पराजित गरेको हो ।

वेष्ट ह्यामको यो प्रिमियर लिगमा पहिलो जित हो । यहि सिजन प्रिमियर लिगमा बढुवा भएको हडर्सफिल्डले लिगमा पहिलो हार व्यहोरेको छ । वेष्ट ह्यामको जितमा पेट्रो ओबियाङ र आन्ड्रे आयुले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा वेष्ट ह्यामले दुवै गोल ७० मिनेटपछि ग¥यो । ७२ औं मिनेटमा ओबियाङले गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाए ।

त्यसको पाँच मिनेटपछि आयुले गोल गर्दै वेष्ट ह्यामलाई २–० को जित दिलाए । पहिलो जितपछि वेष्टह्यामले तीन अंक जोडेको छ । पराजित भएको हडर्सफिल्ड सात अंकसहित छैटौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया