Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले थाइल्याण्डसामू २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनायो ।
नेपालका लागि अनिलकुमारले उत्कृष्ट पारी खेल्दै मात्र ९ रनले शतक बनाउन चुके । ७४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मलतमा ९१ रन बनाए । यस्तै प्रनित थापा मगरले अर्धशकत पुरा गरे । ६१ बलको सामना गरेका उनले तीन चौका र एक छक्कासहित ५० रन बनाए ।
सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो २ रनमा अविजित रहे ।

तपाईको प्रतिक्रिया