Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडको शतप्रतिशत नतिजामा पूर्ण बिराम लागेको छ । गएराति सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेड स्टोक सिटीसँग २-२ को बराबरीमा रोकिएको हो ।

यसै सिजन स्टोक आएका एरिक म्याक्सिम चोउपो मोटिङले पहिलो हाफको अन्त्यतिर टीमलाई अग्रता दिलाएका थिए । म्यान युनाइटेडका मार्कस रासफोर्डले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बराबरीमा पुर्‍याए । दोस्रो हाफमा रोमेलु लुकालुले म्यान युनाइटेडलाई अग्रता दिलाएका थिए ।

तर, मोटिङले ६३ औं मिनेटमा गोल फर्काएपछि स्टोकले १ अंक खोस्यो । बराबरीपछि पनि युनाइटेड १० अंकमा तालिकाको शीर्ष स्थानमा यथावत छ । हिजै लिभरपुलाई ५-० ले हराएको म्यानचेष्टर सिटीको समान १० अंक भएपनि गोल अन्तरमा ऊ दोस्रोमा छ । गएराति सम्पन्न अन्य खेलमा आर्सनलले बर्नमाउथलाई ३-० ले हराएको छ । खेल सुरु भएको छैटौं मिनेटमा ड्यानी वेलबेकले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा लाकाजेट्टीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा २–० को अग्रता लिएको आर्सनलका लागि ५० औं मिनेटमा पुनस् वेलबेकले दोस्रो गोल गर्दै ३-० को जित सुनिश्चित गरेका थिए । यो संगै आर्सनलको चार खेलबाट ६ अंक भएको छ । यसैबीच अर्को खेलमा टटनह्याम हट्सपरले एभर्टनलाई ३-० ले पराजित गरेको छ ।

हट्सपरका लागि ह्यारी केनले दुई तथा क्रिष्टियन एरिक्सनले एक गोल गरेका थिए । टोटनह्याम चार खेलबाट ७ अंकसहित पाँचौ स्थानमा छ । एजेन्सी

तपाईको प्रतिक्रिया