Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – दक्षिण अफ्रिका र सेनेगलबिचको विश्वकप फुटबल छनौट खेल फेरि हुने भएको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले विश्वकप फुटबल २०१८ का लागि भएको दक्षिण अफ्रिका र सेनेगलबिचको खेलका रेफ्रीमाथि आजीवन प्रतिबन्ध लगाएपछि यी दुई देशबिचको खेल फेरि हुने भएको हो ।

खेल प्रभावित पारेको आरोपमा फिफाले घानाका रेफ्री जोसेफ लाम्पटीमाथि आजीवन प्रतिबन्ध लगाएको हो । गएको नोभेम्बरमा भएको खेलमा रेफ्री लाम्पटीले दक्षिण अफ्रिकालाई पेनाल्टीको अवसर दिएका थिए । रेफ्रीले सेनेगलका डिफेन्डर कालिदो काउलिबालीले ह्याण्डबल गरेको भन्दै दक्षिण अफ्रिकालाई पेनाल्टी दिएका थिए ।

तर रिप्लेमा ह्याण्डबल नभई घुँडामा लागेको देखिएको थियो । यो खेलमा दक्षिण अफ्रिका २–१ ले विजयी भएको थियो । दिनु नपर्ने पेनाल्टी दिएको भन्दै फिफाले लाम्पटीमाथि प्रतिबन्ध लगाएको हो । यो खेलमा  अब दक्षिण अफ्रिका र सेनेगलबिचको रिप्ले खेल आउँदो नोभेम्बरमा हुनेछ ।

अफ्रिकी क्षेत्रको छनौट अन्तर्गत समूह ‘डी’ मा रहेका सेनेगल र दक्षिण अफ्रिका अहिले तेस्रो र चौथो स्थानमा छ । बुर्किना फासो पहिलो र केप वेर्डे आइल्याण्ड दोस्रो स्थानमा छ । समूहको शीर्ष स्थानमा रहने टिम मात्रै रुस विश्वकपका लागि छनौट हुनेछ ।

तपाईको प्रतिक्रिया