Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापाले जेठ १४ मा संविधान जारी हुने अवस्था नभए कांग्रेस सरकारमा नबस्ने बताएका छन् ।
आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै नेता थापाले भने, ‘कांग्रेस सरकारमा आइहाल्यो, अब संकटकाल लगाएर संविधानसभाको म्याद ६ महिना थपिइहाल्छ भनेर सहमतिको नाजायज फाइदा उठाउने हो भने कांग्रेस सरकारबाट फिर्ता हुन्छ ।’
कार्यक्रममा सभासदसमेत रहेका थापाले प्रमुख चार दलका शीर्ष नेतालाई ठेकेदारको संज्ञा दिँदै चार वर्षसम्म संविधानसभाको बैठक बस्नै नदिएर आफूहरुलाई भूमिकाविहीन पारेको आरोप लगाए ।
‘उनीहरुले १९ दिनको समय बाँकी छँदा संविधान बनाउने जिम्मा ६०१ सभासदको थाप्लोमा हालिदिएका छन्, त्यो आपत्तिजनक छ,’ उनले भने- उनीहरुले अब ठेकदारी गर्दैनौं भन्ने हो भने हामी अझै पनि संविधान बनाउन सक्षम छौं ।
नेता थापाले कसैले चाहेर पनि जातीय आधारमा प्रदेश बन्न नसक्ने र त्यस्तो प्रदेश बने पनि टिक्न नसक्ने दाबी गरे । कांग्रेसले संघीयतामा सहमतिका लागि १८ प्रदेशको प्रस्तावमा छलफल चलाइरहेको पनि उनले बताए ।
तपाईको प्रतिक्रिया