Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – अमेरिकी टेनिस स्टार भेनस विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । बुधबार बिहान भएको खेलमा पेट्रा किविटोवालाई हराएर अन्तिम चारमा स्थान पक्का गरेकी हुन् ।

३७ वर्षकी भेनसले किविटोवालाई ६–३, ३–६ र ७–६ (७–२) को सेटमा हराएकी हुन् । भेनस २३ औं पटक ग्राण्डसलामको सेमिफाइनलमा पुगेकी हुन् ।

भेनसले अब सेमिफाइनलमा स्लोअन स्टीफन्ससँग प्रतिस्पर्धा गर्ने छिन् । अमेकिरी स्टीफन्सले लात्भियाकी एनास्तासिजना सेवस्तोवालाई ६–३, ३–६ र ७–६ (७–४) को सेटमा हराएर अन्तिम चारमा स्थान पक्का गरेकी हुन् ।

यस्तै पुरुष एकल तर्फ स्पेनका पाब्लो कार्रिनो बुस्टा सेमिफाइनलमा पुगेका छन् । उनले अर्जेन्टिनाका गिएगो श्वार्ट्जम्यानलाई ६–४, ६–४ र ६–२ को सेटमा हराएर अन्तिम चारमा पुगेका हुन् । उनी पहिलो पटक युएस ओपनको सेमिफाइनलमा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया