Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- माओवादी सभासद्द्वय सुदन राई र लक्ष्मी गुरुङमाथि बन्दकर्ताले बिहीबार कोटेश्वरमा आक्रमण गरेका छन् ।
मोटरसाइकल चलाएर बन्द उल्लंघन गरेको भन्दै सभासद्द्वयमाथि आक्रमण भएको हो ।
‘गोदाइ खाइयो नि,’ आक्रमणपछि प्रहरी सहयोगमा सिंहदरवार आएका सभासद् राईले भने, ‘बन्दको नैतिक समर्थन छ भन्दा भन्दै कुटियो ।’ आक्रमण भएपछि पुगेको प्रहरी टोलीले सभासद्लाई जोगाएर सिंहदरवार पुर्‍याएको हो ।
संविधानसभा बैठकमा उपस्थित हुने पार्टीको ह्विप रहेको बताउँदा पनि आफूहरुमाथि नियोजित आक्रमण भएको राईले बताए । आफूहरु सभासद् भएको जानकारी गराएपछि बन्दकर्ताले आफूहरुविरुद्ध नाराबाजी गरेको उनले बताए ।
बन्दकर्ताको आक्रमणमा सभासद् राईको खुट्टामा चोट लागेको छ । मोटरसाइकल कोटेश्वर प्रहरी कार्यालयमा राखिएको छ । गुरुङलाई भने जनजाति सभासद्हरुले ब्राम्हण क्षेत्रीमाथि विभेद गरेको भन्दै जगल्ट्याएका थिए ।
माओवादी सभासद् राई भोजपुर क्षेत्र नम्वर २ बाट प्रत्यक्ष निर्वाचित हुन् भने गुरुङ रामेछापकी माओवादी समानुपातिक सभासद् हुन् ।
तपाईको प्रतिक्रिया