Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – अर्को वर्ष रसियामा हुने विश्वकप फूटबलका लागि अहिलेसम्म आठ राष्ट्र छनौट भइसकेका छन्। छनौट भएका आठमध्ये चार राष्ट्र एसियाबाट छन्।

एसियाबाट छनौट भइसकेका राष्ट्रहरुमा इरान, जापान, दक्षिण कोरिया र साउदी अरेबिया हुन्। त्यसबाहेक रसिया आयोजक राष्ट्रका हिसाबले स्वतः छनौट भइसकेको छ।

विश्वकप छनौटका लागि भएको एएफसी थर्ड राउन्ड ग्रुप एको विजेता भएर इरान र ग्रुप बीको विजेता भएर जापान विश्वकपमा छनौट भएका हुन्। त्यसैगरी दक्षिण कोरिया ग्रुप एको रनर्स अप र साउदी अरेबिया ग्रुप बीको रनर्स अप थियो।

त्यसबाहेक दक्षिण अमेरिकाबाट ब्राजिल र कन्काकाफबाट मेक्सिको छनौट भइसकेको छ भने युरोपबाट बेल्जियम पनि छनौट भइसकेको छ।

ब्राजिल दक्षिण अमेरिकी छनौट कोन्मेबोल राउन्ड रोबिनको विजेता हो भने मेक्सिको कन्काकाफ छनौटको। बेल्जियम भने युएफा ग्रुप एचको विजेता हो।

तपाईको प्रतिक्रिया