Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – एएफसी एसिया कप फुटबल २०१९ को छनौटमा नेपाल ताजकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको छ । २४ औँ मिनेटमा ताजकिस्तानले गोल गरेर अग्रता लिएको थियो । ताजकिस्तानले २९ औँ मिनेटमा दोस्रो गोल गरेको हो ।

पहिलो हाफको अन्त्यतिर नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका बिमल घर्तीमगरले ६१ औँ मिनेटमा गोल गरेर अग्रता घटाएका थिए । त्यसपछि पाएका राम्रा अवसर नेपालले सदुपयोग गर्न सकेन र खेल २-१ ले गुमायो ।  नेपाली टोलीले सन् २०१६ को नोभेम्बर यता कुनै पनि खेल जितेको छैन । नेपालले पछिल्लो पटक सन् २०१६ को नोभेम्बर १५ मा एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई १-० ले हराएको थियो ।

त्यसपछि नेपाली टोलीले जित निकाल्न सकेको छैन । मुख्य प्रशिक्षक ग्योतुकी कोजीले जापानमा तयारी गरेकाले मंगलबारको खेल प्रभावकारी हुने बताएका थिए । सकेसम्म जित निकाल्दै तीन अंक र त्यो नसके बराबरी गर्दै कम्तिमा एक अंक जोड्ने लक्ष्य रहेको प्रशिक्षक कोजीले बताए पनि त्यो अनुरुप खेल हुन सकेन ।

फिफा बरियतामा ताजकिस्तान १ सय ५१ औं स्थानमा छ भने नेपाल १ सय ६९ औं स्थानमा छ । छनौट चरणको समूह ‘ई’ मा रहेको नेपालले अहिलेसम्म दुई खेलबाट एक अंक मात्र जोडेको हो । नेपालसँग जितसँगै ताजकिस्तानले तीन अंक जोडेको छ ।

नेपालले अहिलेसम्म एक अंक मात्र जोडेको छ । ताजकिस्तानले यसअघिका दुई खेल हारेको थियो । यो समूहबाट फिलिपिन्सले ६ तथा यमनले ४ अंक जोडेका छन् ।

तपाईको प्रतिक्रिया