Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – एएफसी एसिया कप फुटबल २०१९ को छनौटमा नेपालले अाज दिउँसो ताजकिस्तानसँग खेल्दैछ । यो खेल एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा दिउँसो ३ बजे सुरु हुनेछ । प्रतियोगिताका लागि छनौटको सम्भावना राख्न दुवै टिमलाई जित्नु पर्ने दबाब छ ।

नेपालले अहिलेसम्म एक अंक जोडेको छ भने ताजकिस्तानले अंक जोड्न सकेको छैन । फिलिपिन्स ६ अंकसहित शीर्ष स्थानमा छ ।  नेपाली टोलीले सन् २०१६ को नोभेम्बर यता कुनै पनि खेल जितेको छनै । नेपालले पछिल्लो पटक सन् २०१६ को नोभेम्बर १५ एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई १-० ले हराएको थियो । त्यसपछि नेपाली टोलीले जित निकाल्न सकेको छैन ।

ताजकिस्तानसँगको खेल यसअर्थमा पनि नेपालका लागि महत्वपूर्ण छ । मुख्य प्रशिक्षक ग्योतुकी कोजीले जापानमा तयारी गरेकाले मंगलबारको खेल प्रभावकारी हुने बताए । सकेसम्म जित निकाल्दै तीन अंक र त्यो नसके बराबरी गर्दै कम्तिमा एक अंक जोड्ने लक्ष्य रहेको उनले बताए । नेपाली टिमका कप्तान विराज महर्जन जितको लक्ष्यसहित मैदान उत्रिने रणनीति बनाएको बताएका छन् ।

फिफा बरियतामा ताजकिस्तान १ सय ५१ औं स्थानमा छ भने नेपाल १ सय ६९ औं स्थानमा छ । छनौट चरणको समूह ‘ई’ मा रहेको नेपालले अहिलेसम्म दुई खेलबाट एक अंक जोडेको छ । नेपालसँग खेल्न लागेको ताजकिस्तानले यसअघिका दुई खेल हारेको छ । यो समूहबाट फिलिपिन्सले ६ तथा यमनले ४ अंक जोडेका छन् ।

 

तपाईको प्रतिक्रिया