Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – सूर्यकुमार क्षेत्री दोश्रो अन्तर मिडियाकप फुटसल प्रतियोगिताको उपाधी खेलकुद पत्रकार मञ्चले जितेको छ । अाज भएको फाइनल खेलमा मञ्चले माउण्टेन टेलीभिजनलाई ५-१ गोलअन्तरले पराजित गरेको हो ।

खेलकुद पत्रकार मञ्चका लागि दिल तामाङले २ तथा निशान राई, शुवास हुमगाईं, र दिपेन्द्र पोख्रेलले १र१ गोल गरे । माउण्टेन टेलिभिजनका लागि सुमन चौधरीले १ गोल फर्काए ।
अाज बिहान भएको सेमिफाइनलमा मञ्चले नेपाल टेलिभिजनलाई ५-२ र माउण्टेलन टेलिभिजनले फोटपत्रकारलाई ३-१ ले जितेको थियो । खेलकुद पत्रकार मञ्च समूह ए र माउण्टेन टेलिभिजन समूह बी को बिजाते बन्दै सेमिफाइनल पुगेका थिए ।

विजेता खेलकुद पत्रकार मञ्चले ५० हजार र उपविजेता माण्टेन टेलिभिजनले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल पाएका छन् ।  स्वर्गीय पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको स्मृतीमा गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा १० वटा टिमको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया