Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – पल्सर स्पोर्टस् अवार्डको विभिन्न ४ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले राजधानीमा आज पत्रकार सम्मेलन गर्दै वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी र वर्षको उत्कृष्ट प्रशिक्षकको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरेको हो ।

आगामी साता काठमाण्डौमा हुने अवार्डका लागि वर्षको उत्कृष्ट महिला खेलाडी विधामा एथ्लेटिक्सकी कान्छीमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, व्याडमिन्टनकी नङ्सल तामाङ, फुटबलकी सावित्रा भण्डारी र एथ्लेटिक्सकी सरस्वती भट्टराई मनोनयनमा परेका छन् । यस्तै पुरुषतर्फ फुटबलका किरणकुमार लिम्बु, व्याटमिन्टनका रत्नजित तामाङ, क्रिकेटका शरद भेषावकर, एथ्लेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठ मनोनयनमा परेका छन् ।

उत्कृष्ट युवा खेलाडीको विधामा क्रिकेटका दीपेन्द्र सिंह ऐरी, फुटबलका अनन्त तामाङ, जुडोकी मनिता श्रेष्ठ प्रधान, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली अटाएका छन् । वर्ष प्रशिक्षकमा फुटबलका ग्योतोकु कोजी, एथ्लेटिक्सका पुष्पराज ओझा, फुटबलका मेघराज केसी र क्रिकेटका जगत टमाटा मनोनयनमा परेका छन् । मञ्चका सचिव तथा खेलाडी छनौट समितिका संयोजक राजु घिसिङ नेतृत्वको कमिटीले मनोनयनको सुची तयार पारेको हो ।

उत्कृष्ट महिला तथा पुरुष खेलाडी र वर्ष प्रशिक्षकको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्ने छन् । आयोजकले यसअघिनै पिपल्स च्वाईस अवार्डका उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिसकेको छ । नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रम आगामी भदौ २६ गते काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभा हलमा हुँदैछ ।

तपाईको प्रतिक्रिया