Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – इजरायल रोजगारीमा पठाइदिने आश्वासन बाँड्दै केही मेनपावर कम्पनी र दलालहरूले युवाहरूसँग रकम असुलिरहेका बेला नेपाली दूताबास इजरायले यस्ता हल्लाको पछि नलाग्न र कसैलाई पनि रकम नदिन अनुरोध गरेको छ । इजरायलका लागि मिनिष्टर अफ़ काउन्लसेलर तथा डेपुटी चिफ अफ़ मिसन रमेशप्रसाद खनालले इजरायल पठाउने बहानाममा ठगीका सिलसिला पुनः सुरु भएकोले त्यसतर्फ सजग हुनुपर्नेमा जोड दिएका छन् ।

उनकाअनुसार बिगत केही बर्ष देखि इजरायलमा नेपाली कामदारहरुको सहज प्रवेशका लागी नेपाल सरकार र इजरायल सरकारले न्युन रकम लिएर वातावरण मिलाउन ल्याईएको प्रक्रियामा भएको कमीकमजोरीको पहिचान गरी सहजरुपमा कामदारहरुको आवागमनका लागि बाटो खुलाउन इजरायल सरकारको तर्फबाट सो प्रक्रियाको बारेमा अध्ययन भइरहेको छ र सो प्रक्रियामा देखिएका कमीकमजोरीको पहिचान गरि चाडै थप प्रक्रिया अगाडि बढाउने भनिए पनि हाल सम्म नेपाली दूताबासलाई जानकारी प्राप्त भएको छैन ।
नेपाल लगायत इजरायलमा समेत इजरायलमा कामदारका लागी खुल्यो भनेर पटक पटक हल्ला चल्ने हल्ला सँगै सयौ मान्छेहरु आफ़्ना आफन्तहरुलाई कामदारको रुपमा इजरायल केही दिनदेखि इजरायल लगायत नेपालमा इजरायलमा कामदारको माग भयो भन्ने हल्ला निराधार भएको दूताबासले जनाएको छ । प्रबेश गराउन लाखौ रुपैया दलाल मार्फत बुझाउने भएकोले सयौ नेपाली आज पनि ठगिईरहेका छन् । यस्ता हल्लाको पछि नालागि यर्थात केहो बुझेरमात्र रकम लगानी गर्न उनले अनुरोध समेत गरेका छन् । ***

तपाईको प्रतिक्रिया