Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – एशिया कप छनौटअन्तर्गत आगामी मंगलबार ताजकिस्तानसँग खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योटुकी कोजीले ताजकिस्तानसँगको खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको हो ।

को- को परे राष्ट्रिय टोलीमा ?
गोलकिपरमा किरण चेमजोङ, विशाल श्रेष्ठ र विकेश कुथु छन् । डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी र कमल श्रेष्ठ छनौट भएका छन् ।

मिडफिल्डरमा सुनील बल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ छानिएका छन् । फरवार्डमा विमल घर्तिमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ र भरत खवास छन् ।

यमनसँगको खेलमा टोलीमा परेका फरवार्ड अनिल गुरुङ यसपटक टोलीमा परेका छैनन् । उनको स्थानमा जर्ज प्रिन्स कार्कीलाई राखिएको छ ।

छनौटको समूह एफमा रहेको नेपालले आउँदो मंगलबार सशस्त्र प्रहरीको मैदान हल्चोक काठमाडौंमा ताजकिस्तानसँग खेल्ने छ । फिलिपिन्ससँगको खेलमा मनिलामा पराजित भएको नेपालले यमनलाई ३ महिनाअघि भने हल्चोकमा बराबरीमा रोकेको थियो ।

मंगलबारको खेलपछि नेपालले फिलिन्सिसँग होम तथा यमन र ताजकिस्तानसँगको अवे खेल खेल्न बाँकी रहने छ । यो समूहको शीर्ष दुई स्थानमा परेमा नेपाल सन् २०१९ मा हुने एशिया कपमा छनौट हुने छ ।

तपाईको प्रतिक्रिया