Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं  – विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा इंग्ल्याण्डले प्रभावशाली जित दर्ता गरेको छ ।

रुस विश्वकपका लागि युरोपियन क्षेत्रको छनौटमा समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले प्रभावशाली जित दर्ता गरेको हो । इंग्ल्याण्डले माल्टालाई ४–० ले हराएको हो ।

पहिलो हाफमा गोल हुन नसकेको खेलमा इंग्ल्याण्डले दोस्रो हाफमा चार गोल गर्‍यो । त्यसमा पनि अन्तिमको पाँच मिनेट तथा इन्जुरी समयमा तीन गोल भयो ।

इंग्ल्याण्डको जितमा ह्यारी केनले दुई तथा रायन बिर्ट्रेण्ड र ड्यानी वेलबेकले एक एक गोल गरे । ५३ औं मिनेटमा गोल गर्दै केनले इंग्ल्यण्डलाई सुरुवाति अग्रता दिलाए ।

८५ औं मिनेटम बिर्ट्रेण्डले गोल गर्दै अग्रता दोब्बर पारे । इन्जुरी समयको पहिलो मिनेटमा वेलबेक गोल गरे भने इन्जुरी समयको दोस्रो मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्याण्ड ४–० ले विजयी भयो ।

सात खेलबाट १७ अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्ष स्थाना छ । अर्को खेलमा स्लोभेनियालाई १–० ले हराएको स्लोभाकिया १५ अंकसहित दोस्रो स्थानमा छ । यस्तै राति नै भएको खेलमा लिथुवानियालाई ३–० ले हराएको स्कटल्याण्डको ११ अंक भएको छ ।

तपाईको प्रतिक्रिया