Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – खेल मिलेमतोको आरोपमा पाकिस्तानका ब्याट्सम्यान शरजील खानमाथि पाँच वर्षको प्रतिबन्ध लागेको छ । पाकिस्तन क्रिकेट बोर्ड (पिसिबी) ले बुधबार खानमाथि पाँच वर्षको प्रतिबन्ध लगाउन निर्णय गरेको हो ।

 

पिसिबीले ट्वेन्टी–ट्वेन्टी पाकिस्तान सुपर लिगमा भएको भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । यहि क्रममा खेल मिलेमतोमा संलग्न भएको आरोपमा शरजील खानमाथि पाँच वर्षको प्रतिबन्ध लगाउने निर्णय भएको हो ।

 

प्रतिबन्ध पाँच वर्षको भएपनि प्राविधिक रुपमा उनी साढे दुई वर्षसम्म मात्रै मैदानबाट बाहिर रहनु पर्ने छ । २८ वर्षका खानले पाकिस्तानको राष्ट्रिय टिमबाट एउटा टेस्ट म्याच, २५ एक दिवसीय र १५ ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलेका छन् ।

तपाईको प्रतिक्रिया