Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – विश्व नम्बर १ राफायल नाडाल युएस ओपन टेनिसको दोस्रो चरण पुगेका छन् ।  पुरुष एकल तर्फ स्पेनी खेलाडी नाडालले पहिलो चरणमा सर्वियाका दुसन लाजोभिकलाई ७–६, ६–२ र ६–२ को सेटमा हराउँदै दोस्रो चरण प्रवेश गरेका हुन् ।

त्यस्तै महिला एकलतर्फ शिर्ष वरियताकी कारोलिन प्लिस्कोभा पनि दोस्रो चरण पुगेकी छिन् । चेक रिपब्लिकनकी प्लिस्कोभाले पोल्याण्डकी माग्दा लिनेटेलाई ६–२ र ६–१ को सेटमा हराइन् ।

डिफेन्डिङ च्याम्पियन एन्जेलिक कर्बर भने पहिलो चरणबाटै बाहिरिएकी छिन् । छैठौँ वरियताकी जर्मन कर्बर जापानकी नाओमी ओसाकासँग् पराजित भइन् । ओसाकाले उनलाई ६–३ र ६–१ को सोझो सेटमा हराइन् ।

तपाईको प्रतिक्रिया