Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – भोजपुरको पूर्वी पौवादुङ्मा गाउँपालिका वडा नं. ५ सानोदुम्मामा भोज खाँदा ३० जना बिरामी परेका छन् । छोरीले कृषि विषयको प्रवेश परीक्षा पास गरेको खुशीयालीमा थर्पू विद्यालयका शिक्षक लेखनाथ कोइरालाको घरमा आयोजना गरिएको भोजमा सहभागी भएका ३० जना बिरामी परेका हुन् ।

बिरामीमध्ये १७ जनामा अचेत हुनेजस्ता समस्या देखिएपछि विद्यालयका प्रधानाध्यापक अर्जुन राईलाई थप उपचारका लागि भोजपुर अस्पताल लगिएको स्थानीय बासिन्दा ज्ञानेन्द्र राईले बताउनुभयो । विद्यालयका अरु कर्मचारी, केही विद्यार्थी र अभिभावकलाई अरुण गाउँपालिकाको प्याउली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ ।

५-७ जना सामान्य बिरामी भएकाले स्थानीयस्तरमै सामान्य उपचारपछि घर फर्किएका छन् । भोजमा कुखुराको मासु, चिउरा र चिसो पेय पदार्थ ९डीउ० खाएको सूचना आफूकहाँ आएको प्रहरीले बताएको छ । फुड पोइजनका कारण बिरामी भएको हुनसक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया