Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ- विवाद समाधान उपसमितिको बैठकले संविधान लेखनका विषयमा देखिएका विवादित विषयमा प्रक्रियामा जाने निर्णय गरेको छ। सिंहदरबारमा आज बिहान भएको बैठकमा विवादित विषयमा मतदान प्रक्रियामा जाने र सो बीचमा सहमति पनि खोज्दै जाने सहमति भएको जानकारी एनेकपा९माओवादी०का सभासद् खिमलाल देवकोटाले दिए।
सो निर्णयसँगै दलहरुबीच सहमति नभएमा विवादित विषयमा मतदानको प्रक्रियाबाट अगाडि बढ्ने स्थिति सिर्जना भएको छ। उपसमितिको सो निर्णयपछि अहिले संवैधानिक समितिको बैठक सुरु भएको छ।
यसअघि आज बिहान प्रमुख तीनका शीर्ष नेता र सभामुखबीच संविधान लेखनका विषय भइरहेको प्रगतिका बारेमा छलफल भएको थियो।
छलफलमा एनकेपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र सभामुख सुवास नेम्बाङ सहभागी थिए। छलफलका क्रममा शीर्ष नेताहरुले संविधान लेखनमा भइरहेको प्रगतिबारे जानकारी दिनुभएको थियो भने सभामुख नेम्बाङले समय कम भएको भन्दै विवादित विषय तुरन्त सुल्झाउन आग्रह गरेका थिए।
तपाईको प्रतिक्रिया