Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई २-१ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।

वृजेश चौधरीको गोलमा सुरुवाती अग्रता लिएको नेपाल दोस्रो हाफमा दुई गोल खाँदै भारतसँग पराजित भयो । पहिलो हाफको इन्ज्यूरी समयमा भारतका रिक्की जोहले प्रहार गरेको बल गोलरक्षक बिशाल सुनारले कलेक्ट गर्न नसक्दा डिफेण्डर सञ्जीव अर्यालले गोललाईनबाट क्लियर गरी गोलको खतरा टारेका थिए ।

पहिलो हाफमा भारतलाई दवावमा राखेको नेपालले सोही लय दोस्रो हाफमा कायम राख्न सकेन । शारीरिक रुपमा बलिया भारतीय खेलाडीसामू नेपाली किशोरहरु कमजोर देखिन थाले । नेपालले दुपै गोल डिफेण्डरहरुको तालमेल मिल्न नसक्दा खाएको थियो । ५९औं मिनेटमा लालरोकिमाले सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याए ।

मध्यक्षेत्रमा नेपाली खेलाडीले उनलाई मार्क गर्नै भ्याएनन् । ७५औं मिनेटमा भारतले अग्रता लियो । यस गोल पनि नेपाली डिफेण्डरको कमजोरीले भएको थियो । भारतका बिक्रा प्रताप सिंहले उत्कृष्ट गोल गरेका थिए ।

नेपालले समूह चरणमा पनि भारतसँग २-१ कै पराजय व्यहोरेको थियो । सेमीफाइनलमा नेपालले बंगलादेशलाई ४-२ र भारतले भुटानलाई ३-० ले हराउँदै उपाधि भिडण्त तय गरेका थिए ।

तपाईको प्रतिक्रिया