Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आयोजक नेपालविरुद्ध भारत २-१ गोलअन्तरले अघि रहेको छ । विक्रम प्रताप सिंहले गोल गर्दै भारतलाई २-१ गोलको अग्रता दिलाएका हुन् ।

ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा खेलको ७४ औं मिनेटमा गोल गर्दै भारतले २-१ गोलको अग्रता बनाएको हो । यसअघि भारतले खेलको ५९ औं मिनेटमा गोल गर्दै १-१ गोलको बराबरी बनाएको थियो ।

यसअघि नेपालले पहिलो हाफसम्म १-० गोलअन्तरले अघि रहेको थियो । भारतीय खेलाडीले डि बक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो । नेपालका लागि ब्रिजेस चौधरीले पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४० औं मिनेटमा भारतीय खेलाडीले डिबक्सभित्र नेपाली खेलाडीलाई फल गरेका थिए । पेनाल्टीबाट ब्रिजेशले सुन्दर गोल गरेपछि नेपालले पहिलो हाफसम्म १-० गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया