Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – लियोनल मेस्सीको शानदार गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगाको यो सिजनमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एलाभेसलाई २–० ले हरायो । बार्सिलोनाको जितमा दुवै गोल मेस्सीले गरे । पहिलो हाफमा बार्सिलोना गोलरहित बराबरीमा रोकियो ।

जेराड पिकेलाई एलाभेसका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन् । मेस्सीको पेनाल्टी प्रहार एलाभेसका गोलरक्षक फर्नान्डो पाचेकोले सुन्दर बचाउ गरे ।

पहिलो हाफमा पेनाल्टीमा चुकेका मेस्सीले दोस्रो हाफमा भने दुई गोल गरे । उनले ५५ औं मिनेटमा जेर्राड डेउलाफेउबाट फुत्किएको बललाई गोलमा परिणत गर्दै अग्रता दिलाए ।

यस्तै ६६ औं मिनेटमा जोर्डी अल्बाको हेड पासमा मेस्सीले दोस्रो गोल गर्दै बार्सिलोनालाई जित दिलाए । त्यसपछि पनि मेस्सीले गोल गर्ने प्रयास गरेका थिए ।

उनले प्रहार गरेको बल बारमा लागेर फर्किएपछि ह्याट्रिक गर्ने मौका भने गुम्यो । मेस्सीले अहिले सम्म ला लिगामा तीन सय ५१ गोल गरिसकेका छन् । यसअघि यो सिजनको पहिलो खेलमा बार्सिलोनाले रियल बेटिसलार्य २–० ले हराएको थियो ।

तपाईको प्रतिक्रिया