Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
तनहुँ- आममाफी माग्दै तनहुँ जिल्ला कारागारका बन्दीहरुले मंगलबार प्रधानमन्त्री बाबुराम भट्टराईलाई पत्र पठाएका छन्। विभिन्न अपराधमा सजाय भोग्दै आएका ८६ बन्दीले संविधानमा आफ्ना विचारहरु समावेश गर्नका लागि बिना भेदभाव आममाफी दिन आग्रह गर्दै जेलबाटै पत्र पठाएका हुन्।
आफूहरुले अघिल्लो संविधान अनुसार सजाँय भोगिरहेकाले नयाँ संविधान निर्माणका क्रममा भुत्तान हुन बाँकी कैदलाई बिना भेदभाव आममाफी मिनाह गर्न पत्रमा आग्रह गरिएको तनहँ जिल्ला कारागारका बन्दी नाइके प्रेम परियार बताए।
‘मुलुक संविधान निर्माणको अन्तिम चरणमा छ,’ उनले भने, ‘संविधान निर्माणमा सहयोग पुर्‍याउन सरकारसंग आममाफी मागेका हौ।’ बन्दीहरुले उक्त पत्र मंगलबार नै हुलाकबाट प्रधानमन्त्रीको कार्यालयलाई पठाएका छन्।
पत्रमा २०६२/०६३ को जनआन्दोलनको समयमा समेत बन्दीहरुले सघाएकाले उल्लेख छ।
बन्दीहरुले राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, क्षेत्रीय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ, मानवअधिकारवादी संघसंस्थालाई समेत पत्रको बोद्यार्थ दिएका छन्।
तपाईको प्रतिक्रिया