Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौँ- सरकार निर्माण र संविधान लेखनका क्रममा देखिएका विवादित विषयमा सहमति खोज्न बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक राज्य पुनःसंरचना र शासकीयस्वरुपका मुद्दामा सहमतिनजिक पुगेको छ।
नेकपा (एमाले) मुख्यालय मदननगर बल्खुमा आज दिउँसो करिब दुईघण्टासम्म बसेको एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकमा राज्य पुनःसंरचना र शासकीयस्वरुपमा छलफल भएको एमालेका नेता भीम रावलले जानकारी दिए।
उनले भने- ‘राज्य पुनःसंरचना र शासकीयस्वरुपमा छलफल भएको छ, सहमतिका लागि केही नजिक/नजिक पुगेका छौँ, अझै छलफल गरी निष्कर्षमा पुग्न पुनः तीनदलसहित मधेसी मोर्चाको बैठक पुनः जारी छ।’
बैठकमा राज्य पुनःसंरचनामा एनेकपा (माओवादी)ले राख्दै आएको १४ प्रदेशको अवधारणाबाट नौ प्रदेशसम्म आउन सकिने भन्दै लचिलो भएको छ भने काँग्रेसले पनि सात प्रदेशमै सहमति गर्नका लागि प्रस्ताव गरेको जनाइएको छ।
राष्ट्रपति र प्रधानमन्त्रीमा अधिकार बाँडफाँड गरेर शासकीयस्वरुपमा कुरा मिलाउन प्रमुख तीन दल केही लचक भएको जानकारी दिँदै नेता रावलले शासकीयस्वरुपमा भने दलहरुबीच मिश्रित प्रणालीमा जानका लागि अघिल्ला बैठकमा भन्दा केही लचिलोरुपमा सहमति हुनसक्ने स्थिति देखिएको बताए।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राज्य पुनःसंरचना, साशकीयस्वरुप, निर्वाचन प्रणाली र सरकारलाई पूर्णता दिने विषयमा छलफल भएपनि त्यसलाई अझै व्यापकरुपमा छलफल गरी अगाडि बढ्नुपर्ने भएकाले पुनः शीर्ष नेताहरुको बैठक संविधानसभा भवन, नयाँबानेश्वरमा बस्ने गरी स्थगित भएको जानकारी दिए।
आज बसेको बैठकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा सहमति जुट्ने आशा पलाएको नेताहरुले दाबी गरेका छन्।
बैठकमा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री डा बाबुराम भट्टराई, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली काँगे्रसका तर्फबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, नेताहरु डा रामशरण महत र अर्जुननरसिंह केसी तथा एमालेका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओलीलगायतको सहभागिता थियो।
तपाईको प्रतिक्रिया