Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – रेफ्रीलाई धक्का दिएका कारण रियल मड्रिडको लिग सिजनको पहिलो चार खेलका लागि निलम्बनमा रहेका क्रिष्टियानो रोनाल्डोको गोलले मड्रिडले सान्टियागो बर्नबेउ ट्रफि जितेको छ । बुधबार राति इटालियन क्लब फियोरेन्टिनासँगको फ्रेन्ड्ली म्याचमा रोनाल्डाको गोलसँगै मड्रिड २-१ ले विजयी भएको हो ।

पाँच खेलको प्रतिबन्ध लागेका रोनाल्डोले एक खेल गुमाइसकेका छन् । स्पेनिस सुपर कपको पहिलो लेग अन्तर्गत बार्सिलोनासँगको खेलमा दोहोरो पहेँलो कार्ड खाँदै रोनाल्डो मैदानबाट बाहिरिएका थिए । दोहोरो पहेँलो कार्डका कारण रोनाल्डोमाथि स्वतः एक खेलको प्रतिबन्ध लागेको थियो ।

मैदानबाट बाहिरिने क्रममा रेफ्री रिकार्डो डि बुर्गोसलाई धकेलेकाले रोनाल्डोमाथि थप चार खेलको प्रतिबन्ध लागेको हो । रोनाल्डोले गोल गरेर त्यसको सेलिब्रेसनका लागि जर्सी फुकालेकाले पहिलो पहेँलो कार्ड पाएका थिए ।

बुधबार राति खेलमा फियोरेन्टिनाका लागि जोर्डनले गोल गर्दै अग्रता दिलाएका थिए । बोर्जा मेयोरलको गोलसँगै बराबरीमा आएको मड्रिडले रोनाल्डोको गोलको मद्धतले जित हासिल गरेको हो । एजेन्सी

तपाईको प्रतिक्रिया