Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – संघीयताले मुलुक टुक्रने तर्क राख्दै संघीयताको बिपक्षमा वकालत गर्दै आउनुभएका राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीलाई सरकारले उचित सुरक्षा प्रदान गर्ने भएको छ ।

केसीको सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न र धम्की दिनेहरु पत्ता लगाई कारवाही गर्न ब्यवस्थापिका संसदको राज्य ब्यवस्था समितिले सरकारलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वयम बैठकमा उपस्थित भई नेता केसी आफ्नो राजनीतिक गुरु र सम्मानित व्यक्तित्व भएको भन्दै धम्की दिनेहरुको तिब्र खोजी भइरहेको र सुरक्षाका लागि सरकारले तत्काल आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बैठकमा नेता केसीले आफूलाई संघीयताविरुद्ध अभिव्यक्ति दिएको भन्दै जापानको टेलिफोन नम्बरबाट फोन गरी पटक पटक ज्यान मार्ने धम्की दिएको बताउनु भयो । पछिल्लो समय आफूलाई अब मर्ने दिन आयो भन्दै धम्की दिएको जानकारी दिनुभयो । ***

 

 

तपाईको प्रतिक्रिया