Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं– एमाले नेता केपी शर्मा ओलीले संविधानसभा निर्वाचनमा आफूलाई नाटकीयरुपमा हराइएको दाबी गरेका छन् ।
चार वर्षे संविधानसभाको कार्यकाल सकिन २० दिन बाँकी रहँदा ओलीले आफूलाई चुनावमा हराइएको दाबी गरे । ‘म त्यसबेला बिरामी थिएँ,’ ओलीले भने, ‘म चुनाव हारेको होइन, हराइएको हो ।’
ओलीले पार्टीको बुटवल महाधिवेशनमा पनि आफूलाई हराइएको संकेत गरे । यद्यपी उनले पार्टीमा एकता भइरहेकाबेला त्यस्ता खुद्रा मसिना कुरालाई बाहिर ल्याउने आफ्नो मनसाय नरहेको बताए । ‘अब यसबारे अर्को महाधिवेशनमा भनौंला,’ उनले भने ।
ओलीले संविधानसभा सदस्य नै नरहेको आफूमाथि संविधान लेख्न अवरोध गरेको भनी फैलाएको हल्लाप्रति दुःख व्यक्त गरे । ‘म संविधानसभा सदस्य नै छैन, संविधानसभामा पाइलै टेक्दिन भने मैले कसरी संविधान लेख्न रोकें होला ?’ उनको प्रश्न थियो ।
तपाईको प्रतिक्रिया