Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- नेपालबाट लन्डन जाने क्रममा एक नेपालीको जहाजमै मृत्यु भएको छ ।
रुकुम तकसेरा स्थायी घर भई दाङ घोराहीमा बस्दै आएका ७९ वर्षीय सत्जित बुढाको कतार एयरवेजको जहाजमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । स्वर्गीय बुढा र उनकी धर्मपत्नी ६५ वर्षीया मनकली पारिवारिक भेटघाटका लागि बिहीबार राति १०।३० को उडानमार्फत बेलायत जाँदै थिए ।
ती वृद्धा दम्पति आगामी २९ सेप्टेम्बरमा स्वदेश फर्कने टिकट थियो । व्लड प्रेसरका विरामी बुढाको जहाजको लापरवाहीका कारण मृत्यु भएको आरोप परिवारको छ ।
तपाईको प्रतिक्रिया