Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
जनकपुर- सद्भावना पार्टीको अध्यक्ष पदमा पुन: राजेन्द्र महतो निर्विरोध निर्वाचित हुनुभएको छ ।
पार्टीको जनकपुरमा जारी पाँचौँ महाधिवेशनबाट महतो निर्विरोध निर्वाचित हुनुभएको हो । महाधिवेशनमा अध्यक्ष पदका लागि तीनजनाले उम्मेदवारी दिएको भए पनि आनन्दप्रकाश पाण्डे तथा आनन्दप्रकाश गुप्ताले उम्मेदवारी फिर्ता लिएपछि महतो निर्विरोध निर्वाचित हुनुभएको हो ।
२२ गतेदेखि सुरु भएको महाधिवेशनको तेस्रो दिन आइतबार बिहानैदेखि सुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष महतो, आनन्दप्रकाश पाण्डे तथा आनन्दप्रकाश गुप्ताले उम्मेदवारी दिनुभएको थियो ।
पाण्डे र गुप्ताले सहमतिमा जाने भनेर आ–आफ्ना उम्मेदवारी फिर्ता लिएपछि महतो सर्वसम्मतिले अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
पार्टीमा केन्द्रीय कार्यसमितिका ६१ जनामध्ये अध्यक्ष एकजनाबाहेक बाँकी ६० जना सदस्यहरूमध्ये ४० प्रतिशत अर्थात २४ जना अध्यक्षबाट मनोनित हुनेछन् भने बाँकी ६० प्रतिशत अर्थात ३६ जनाका लागि निर्वाचन हुनेछ ।
निर्वाचित हुने ३६ जनामध्ये १८ जना स्वतन्त्र प्रतिस्पर्धाबाट आउनेछन् र बाँकी १८ मध्ये दुई महिला र दुई पुरुष गरी चारजना गैरमधेसी समुदायका लागि, चार पुरुष र दुई महिला गरी ६ जना आदिवासी–जनजातिका लागि तथा दुई पुरुष र एक महिला गरी तीनजना दलितका लागि आरक्षण गरिएको छ ।
त्यस्तै दुई पुरुष र एक महिला गरी तीनजना मुसलमानका लागि र दुई मधेसी महिलाका लागि पनि आरक्षणको व्यवस्था गरिएको पार्टीले जनाएको छ ।
तपाईको प्रतिक्रिया