Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
राहतको कार्यक्रम घोषणा
कास्की- प्रधानमन्त्री डा. बावुराम भट्टराई सहितको एक टोलीले सेति नदिमा आएको बाढी-पहिरो प्रभावित क्षेत्रको आइतबार निरिक्षण गरेको छ ।
टोलीमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड, उप–प्रधान तथा गृहमन्त्री विजय कुमार गच्छदार, माओवादी पोलिटव्युरो सदस्य हिसिला यमि, सरकारका मुख्य सचिव माधव प्रसाद घिमिरे, गृह सचिव सुशीलजंग राणा रहनुभएको थियो ।
सो क्रममा प्रधानमन्त्री डा. भट्टराईले घटनाका पिडित परिवारहरु सँग भेटघाट गर्नु भएको थियो । उहाँले स्थानिय प्रशासनलाई उद्धारमा कुनै पनि कमि र ढिलाइ हुन र नगर्न नदिन समेत निर्देशन दिनुभयो ।
घटनाका पिडितहरु सँग कुरा गर्दै प्रधानमन्त्रीले सरकारको तर्फबाट मृतकका परिवारलाई तत्काल कृया खर्च स्वरुप २५ हजार उपलब्ध गराउने र प्रधानमन्त्री उद्धार कोष बाट प्रति मृतक परिवार १ लाखका दरले राहत रकम उपलब्ध गराउने बताउनु भयो । बाढी बाट आवास विहिन भएकाहरुको लागि अस्थायी आवासको लागि तत्काल २५ हजार उपलब्ध गराउने समेत जानकारी दिनुभयो । उहाँले घटनाका घाइतेहरुको सम्पुर्ण उपचार खर्च सरकारले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पुर्नस्थापनाको लागि सरकारले विशेष योजना ल्याउने पनि उहाँले बताउनु भयो ।
प्रधानमन्त्रीले जिवित रहेकाहरुको तत्काल उद्धारको लागि पहिलो प्राथमिकता दिन निर्देशन दिनुभयो । साथै तत्काल २० वटा एक्साभेटर ल्याएर पुरिएकाहरुको खोजि गर्न निर्देशन दिनुभयो । उहाँले बाढिले क्षति पु¥याएका खानेपानि, पुल जस्ता अत्यावस्यक संरचनाको पुनःनिर्माण तत्काल थाल्ने पनि बताउनु भयो । उद्धार र पुनःनिर्माणको लागि कुनै पनि स्रोत साधानको कमि हुन नदिने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।
अकल्पनिय घटना घटेको बताउँदै प्रधानमन्त्रीले के कारणले गर्दा यस्तो भएको हो भन्नेबारे छानविन गरिने पनि बताउनु भयो । वातावरणीय परिवर्तनले हिमाली क्षेत्रमा विपत्ति आउने खतरा बढेको बताउँदै उहाँले सचेत हुनु पर्नेमा जोड दिनुभयो ।  राहत र उद्धारको लागि नीजि क्षेत्रलाई समेत आग्रह गर्नुभयो ।
शनिबार अन्तपुर्ण हिमशृङखलामा आएको पहिरोका कारण कास्कीको माछापुच्छ्रे, सार्दिखोलाको खारापानि लगायतका क्षेत्रमा क्षति भएको थियो ।
घटना स्थलको निरिक्षण अगाडि पश्चिम पृतनामा पृतनापति भिक्टर जंगवहादुर राणाले घटनाको प्रकृति, क्षति र उद्धारमा भइरहेको प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।
तपाईको प्रतिक्रिया