Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- सुशील कोइराला पक्षको एकल निर्णयमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री पठाएकोमा कांग्रेस नेता शेरबहादुर देउवा समूह आक्रोसित भएका छन् ।
देउवा समूहका केन्द्रीय सदस्य र सभासद्हरुको बैठकले पार्टीभित्र समझदारी नगरी सरकारमा मन्त्री पठाएकोमा आक्रोस व्यक्त गरेको हो । देउवा समूहको अनुपस्थितिमा संस्थापन समूहले महामन्त्री कृष्णप्रसाद सिटौला र सूर्यमान तामाङलाई सरकारमा पठाएको थियो ।
सरकारमा गएपछि संविधानका विवादित विषयमा पार्टी अडान कमजोर हुने देउवा समूहको तर्क छ ।
बैठकले सरकारमा जानुअघि पार्टीभित्रका विवाद मिलाउनुपर्नेमा जोड दिएको छ । भ्रातृ संगठनलगायतका पार्टी विवाद नमिलेसम्म देउवाले केन्द्रीय समितिबाट दिएको राजीनामा फिर्ता नलिने बताएका छन् । यद्यपि सभापति सुशील कोइरालाले देउवाको राजीनामा अस्वीकृत गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया