Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगितामा आज पहिलो चरणको अन्तिम खेल हुँदैछ ।

सदरमुकाम स्थित भानु जन माविको खेल मैदानमा हुने आजको खेलमा सगरमाथा युवा क्लब विराटचोक मोरङ र फिदिम स्पोटिङ क्लब पाँचथर मैदानमा उत्रदैछन् । आजको खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले जनाएको छ ।

यसअघि विहिबार भएको खेलमा चर्च व्वाईज क्लब काठमाडौ राष्ट्रिय जागृती क्लब ईटहरीलाई २–१ गोल अन्तरले पाराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । भोलि शनिबारबाट सेमिफाईनलका खेल सुरु हुनेछ । फाइनल खेल भने आगामी ३० गते हुनेछ ।

तपाईको प्रतिक्रिया