Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
पोखरा- कास्कीको धिताल गाविसस्थित भेडावारीमा आइतबार विहान यात्रुवाहक जीप दुर्घटना हुँदा ११ यात्रुको मृत्यु भएको छ ।
ल्वाङघलेलवाट कास्कीको हेम्जा मिलनचोकतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्वरको जीप बिहान नौ बजेतिर भेडावारीमा भीरवाट दुई सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ल्वाङ्गघलेलका ३४ वर्षीय विकास क्षेत्री, २६ वर्षीया जुनु गुरुङ, ६० वर्षीय जंगवहादुर विक,  ५८ वर्षीय असर्फी विक, ४८ वर्षीय मिनवहादुर विक, ५० वर्षीय टेकबहादुर विक, ६६ वर्षीय बलराम गौतम, ७५ वर्षीय वखतबहादुर गौतम र ६६ वर्षीय मिठु अधिकारीको मृत्यु भएको हो । मृतक मध्ये ३२ र ३४ बर्षकी दुई महिलाको सनाखत हुन सकेको छैन ।
मृतकमध्ये जीप चालक विकास र ३४ वर्षीया महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । जुनु र ३५ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यात्रुले खचाखच जीप ब्रेक फेल भएर दुर्घटनामा परेको हुनसक्ने वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक भूवनेश्वर तिवारीले वताए ।
दुर्घटनापछि घाइतेहरुलाई स्थानीयबासीले उद्वार गरी पोखरा ल्याएका थिए । ती मध्ये पाँच घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
घाइतेहरु कास्कीका २१ वर्षीय ईच्छा गुरुङ, धिताल ४ की २९ वर्षीया सरस्वती अधिकारी र नाम नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष र २४ बर्षकी महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया