Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिएसँगै गरगहना पसलमा भीड बढ्न थालेको थियो । तर, नेपाली बजारमा सुनको भाउ दिनप्रतिदिन आकासिदै गएपछि तीजमा सुनको गहना लगाउनेहरु झस्किएका छन् । आजै मात्र सुनको भाउ तोलामा ५ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ आज फेरी ५ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५४ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको परिवर्तनका कारण नेपाली बजारमा पनि सुन महंगिएको महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि उक्लिएको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ७ सय ३५ रुपैयाँ थियो । आज चाँदी तोलामा १५ रुपैयाँले महंगिएको हो ।
नेपाली महिलाको प्रमुख चाड हरितालिका तीज नजिकिँदै गर्दा सुनको भाउ क्रमश उकालो लागेपछि उपभोक्ता भने मारमा परेका छन् । तीजको पूर्व सनध्यामा नेपाली बजारमा सुनको कारोवार बढी हुने गरेको छ ।

तपाईको प्रतिक्रिया