Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ । आज हुने खेलमा साविक विजेता गोर्खा स्पोटिङ क्लव दमक र सशस्त्र प्रहरी फुटबल टिम दमक मैदानमा उत्रनेछन् ।

शसस्त्र प्रहरीको टिम ताप्लेजुङको कर्णसिंह सोनाम क्लवलाई ट्राईवेकरमा ३–१ गोल अन्तरले पराजित गरेर आएको हो भने गोर्खा आफ्नो पहिलो खेल प्रर्दशन गर्दैछ । आजको खेल दिउँसो दुई बजेपछि हुने आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले जनाएको छ ।

यसअघि हिजो भएको खेलमा ताप्लेजुङले घरेलु मैदानको फाईदा उठाएको थियो । घरेलु टोलि नव प्रयास क्लव ताप्लेजुङले पाहुना टोलि पथरी स्पोटिङ क्लव पथरिलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनमा प्रवेश गरेको छ ।

नक आउटको आधारमा खेलाईएको खेलमा जिल्ला भित्रको २ टिम र जिल्ला वाहिरको ८ टिम गरि १० टिमको सहभागिता छ । आगामि ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उप विजेताले १ लाख ११ हजार १ सय ११ नगद प्राप्त गर्ने छ ।

तपाईको प्रतिक्रिया